नवजात शिशुको जन्म पछि पहिलो चोटी आमा बुबा बनेका अभिभावकलाई शिशु स्याहार गर्ने एउटा चुनौतिपूर्ण काम हो| त्यसैले शिशुको स्याहार कसरी गर्ने भन्ने कुरा बुझ्न अतिनै जरुरी छ | आजभोलि प्राय जस्ताे शिशु अस्पतालमा जन्मिने गर्छन्। अवस्था हेरेर काेहि सामान्य रुपमा जन्मिन्छन् भने काेहि शल्यक्रिया बाट जन्मिन्छन्।आज  हामी शिशु जन्मिएर घर गए पछि कसरी ख्याल राख्ने कुरामा छलफल गर्नेछौं ।शिशु जन्मिए पछि ख्याल राख्नुपर्ने कुरा धेरै छ तर ती मध्य नवजात शिशुको स्याहार गर्ने मुख्य कुराकाे हामी तल छलफल गर्ने छौ।

१) नवजात शिशु बोक्ने तरिका

. हातलाई राम्रो संग धुने

यो सबै भन्दा पहिलो र महत्वपूर्ण बुझ्नुपर्ने कुरा हो | नवजात शिशुको रोग संग लड्ने प्रतिरोधात्मकशक्ति एकदमै कम हुन्छ त्यसैले संक्रमण हुने सम्भावना बढी हुन्छ | त्यस कारण शिशुलाई बोक्नु भन्दा आगाडी साबुन पानीले राम्रो संग हात धुनुपर्दछ अथवा स्यानिटाइजर् प्रयोग गर्नुपर्दछ|

. नवजात शिशुको शिर र काध लाई समर्थन गर्नुहोस

शिशुलाई उठाउदा वा सुतौदा, शिशुको टाउको र काधमा आफ्नो हातले सहयोग गर्नुपर्दछ किनभने शिशुको टाउको र काध एकदमै कमलो हुन्छ| त्यसैले शिशुलाई बोक्दा एकदमै होसियार हुनुपर्छ|

२) नाभिकाे स्याहार

शिशु गर्भमा रहदा उसलाई चाहिने पाेषण सबै नाभिबाट मिल्दछ।जब शिशुको जन्म हुन्छ त्यस पछि नाभिकाे आवश्यकता पर्दैन तर नाभिलाई भने सफा र सुख्खा राख्नुपर्दछ।सामान्यता १० दिन देखि ३ हप्तामा गर्भको नाभी खस्छ र यसको रंग परिवर्तन हुन्छ| यदि नाभिकाे वरिपरि राताे भएमा वा यदी कुनै गन्ध आएमा तुरुन्तै अस्पताल लगिहाल्नुपर्दछ।

३) स्तनपान 

शिशु जन्मेको केही घन्टा पछि नै स्तनपान गर्न सकिन्छ।सुरुमा आउने आमाकाे दूध अलिक पहेलाे हुन्छ जसलाई बिगाैति दूध भनिन्छ।सुरुमा आउने आमाकाे दूध शिशुकाे लागि राेग प्रतिरोधात्मक शक्ति बढाउने खालकाे हुन्छ।शिशु ६ महिना नभएसम्म आमाकाे दूध मात्र खुवाउनुपर्छ।शिशुलाई दुई दुई घन्टाको फरकमा स्तनपान गराउनुपर्छ। शिशुलाई स्तनपान गराई सकेपछी डकार गराउन अत्यन्तै जरुरि छ किनभने यसले शिशुको पेटमा भएको ग्यासलाई बाहिर आउन मदत गर्छ|

शिशुलाई डकार गराउने धेरै तरिका छन् ति मध्ये यी तरिका येस्ता छन्

. शिशुलाई ठाडो गरेर उसको शिर आफ्नो काधमा राख्ने, एउटा हातले सहारा दिएर शिशुको शिर समाउने र अर्को हातले शिशुको पछाडी ढाढमा बिस्तारि थमथमाउने | यस्तो गर्दा शिशुलाई डकार गर्न सजिलो हुन्छ|

४) शिशुलाई नुहाउने 

शिशु जन्मेको २४ घन्टा नभए सम्म नुहाउनु हुदैन। शिशुलाई दिनदिनै नुहाउनु पर्दैन हप्ताकाे तीन चाेटि नुहाउदा पनि हुन्छ अथवा सफा नरम कपडाले पुछ्दा पनि हुन्छ।शिशुलाई नुहाउदा पानी मनताताे हुनुपर्छ।शिशुको नाभिलाई नुहाएपछि सुख्खा राख्नुपर्छ।

५) न्यानो बनाएर राख्ने 

आमाकाे गर्भबाट बाहिर आएपछि शिशुलाई चिसाे हुनसक्छ त्यसकारण शिशुलाई नगुम्साइकन न्यानो बनाएर राख्नुपर्छ। शिशुलाईआमा सङ्ग टासेर राख्नुपर्छ आमा सङ्ग राख्दा शिशु न्यानाे हुन्छ।

६) मसाज 

नवजात शिशुलाई मसाजको मुख्य भूमिका रहेको हुन्छ किनभने मसाजले शिशुको शरीरमा रगत संचालनमा धेरै मद्दत गर्छ| मसाजले शिशुको शरीरलाइ आनन्द प्रधान गर्छ| शिशुलाई मसाज गर्दा तोरीको तेलले एकदमै फाइदा पुर्याउछ | अरु तेलहरुले शिशुलाई फाइदा गरेकै हुन्छ| शिशुलाई मसाज गर्दा घाममा पनि गर्न सकिन्छ अथवा कोठामा न्यानो बनाएर पनि गर्न सकिन्छ|

थप जानकारीको लागि कृपया फेसबुक पेजलाई लाईक गर्नुहोस|

Categories: BabyBabycare

0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *